गृहपृष्ठ Featured एमाले महाधिवेशनः मतदानअघि एकसाथै देखिए ओली र पोखरेल

एमाले महाधिवेशनः मतदानअघि एकसाथै देखिए ओली र पोखरेल

काठमाडौँ – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु हुन सकेको छैन।

प्रतिनिधिहरू लाइनमा लागेका छन्। तर, मतदान सुरु हुन अझै केही समय लाग्ने बताइएको छ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल पनि मतदानस्थल पुगेका छन्। ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्।

१९ पदाधिकारीसहित कुल ३०१ सदस्यका लागि मतदान हुनेछ। मतदानमा २ हजार २ सय ६३ जना प्रतिनिधि सहभागी हुनेछन्।

निर्वाचनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदै छन्। हरेक प्रतिनिधिले निर्विरोध भएका उम्मेदवारबाहेकलाई मत दिनुपर्ने छ।

सम्बन्धित् समाचार