गृहपृष्ठ Featured एमाले महाधिवेशन: मतदानका लागि उम्मेदवार र प्रतिनिधि लाइनमा

एमाले महाधिवेशन: मतदानका लागि उम्मेदवार र प्रतिनिधि लाइनमा

काठमाडौँको भृकुटीमण्डपमा जारी एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न मतदाताहरू लामबद्ध भएका छन्।

विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्न महाधिवेशनका प्रतिनिधि तथा उम्मेदवारहरू लाइन लागेका हुन्।

एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।

आजको चुनावबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलसहित ६ सय ५० हाराहारी उम्मेदवार छन्। तर यसबीच कतिपय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

सम्बन्धित् समाचार