गृहपृष्ठ Featured अध्यक्षमा पराजित ईश्वर पोखरेलले दिए मतदाताहरूलाई धन्यवाद

अध्यक्षमा पराजित ईश्वर पोखरेलले दिए मतदाताहरूलाई धन्यवाद

काठमाडौँ-  नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेलले मतदाता प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्।

अध्यक्षमा उम्मेदवारी दिएका पोखरेलले ५ सय ६४ मत ल्याएका थिए। उनलाई १६६३ मत ल्याएरअध्यक्षमा केपी ओलीले हराएका थिए।

चुनावी परिणाम सार्वजनिक भइसकेपछि विज्ञप्ति जारी गर्दै पोखरेलले अध्यक्षमा विजयी भएका केपी ओली सहित पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका थिए।

उनले भनेका छन्, ‘महाधिवेशनमा निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित कमरेडहरूमा बधाइ तथा कार्यकालको सफलताको शुभकामना, प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नु हुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

उनले जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलनको सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउने कुरामा विश्वास पनि व्यक्त गरेका छन्।

सम्बन्धित् समाचार