काठमाडौं ।
नेकपा (एमाले)को ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका निम्ति भएको मतदानमा भूगोल राजधानी विशेष ४० वर्षमुनिका केन्द्रीय सदस्यमा सुनिता डंगोल निर्वाचित भएकी छन् ।
उनले एक हजार ६६८ मत प्राप्त गरिन् । एक पदका निम्ति तीन उमेदवार रहेकामा डंगोल विजयी भएकी हुन् ।
डंगोल काठमाडौं महानगरपालिकाका उपप्रमुख समेत हुन् ।








