राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त हुन आफूले माग गरे अनुसारकै शर्त उच्च अदालतले स्वीकार गरेको छ।
उनले आफ्नो भागमा पर्ने बिगो २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो सुरक्षित गरेर रिहा हुन पाउने भएका छन्।
उनले विदेश जान पनि पाउने भएका छन्। तर त्यसका लागि उनले अदालतको अनुमति लिनु पर्ने आदेशमा उल्लेख छ।