गृहपृष्ठ Featured ओलीले लिए तेस्रो पटक एमाले अध्यक्षका रुपमा शपथ

ओलीले लिए तेस्रो पटक एमाले अध्यक्षका रुपमा शपथ

काठमाडौं ।

नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी शर्मा ओलीले बिहीबार शपथ लिएका छन् ।

एमालेको ११औं महाधिवेशनमा जितपछि ओलीले सपथ लिएका हुन् ।  शपथपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिए ।

यसअघि उनी २०७८ मा चितवनको सौराहामा आयोजित दशौं महाधिवेशनमा निर्वाचित भएका थिए । त्यसअघि उनी २०७१ मा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।

२०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा भने उनी झलनाथ खनालसँग पराजित भएका थिए ।

यस्तै केन्द्रीय पदाधिकारी र सदस्यहरुले शपथ लिएका छन् ।

सम्बन्धित् समाचार