वैखरी अनलाइन , कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर ८ पुर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको छ । शुक्रबार वडा कार्यालयमा भएको एक भब्य कार्यक्रमकाबिच वडा नम्बर ८ लाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले स्वास्थ्य क्षेत्रको बिकासलाई प्राथमिकता दिदै आएको बताउदैँ पुर्ण संस्थागत प्रसुती सेवायुक्त नगरनै घोषणा गर्ने योजना रहेको बताए ।
नगरबासी स्वास्थ्य सेवा नगरभित्र पाउनु पर्ने उदेश्यले यस अभियानलाई सञ्चालन गरिइएको नगर प्रमुख श्रेष्ठले बताए ।

सो अवसरमा नगरपालिकाकी उप प्रमुख मिरा थारु, प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, राजनैतिक दलका प्रतिनिधि, स्वास्यकर्मी तथा वडाबासीको उल्लेखीय सहभागिता रहेको थियो ।
कार्यक्रम वडा नम्बर ८ का वडाध्यक्ष कपिलदेव तिवारीको अध्यक्षता, वडासदस्य रामेश्वर थारुको स्वागत तथा प्राविधिक चैतराम चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा वडालाई संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गर्न सहयोग गर्ने महिला स्वयमसेविका लगायतलाई सम्मान समेत गरिएको थियो ।







