गृहपृष्ठ Featured कपिलवस्तुमा सुनचाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने व्यक्ति पक्राउ

कपिलवस्तुमा सुनचाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने व्यक्ति पक्राउ

वैखरी अनलाइन, कपिलवस्तु ।
सुन तथा चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ।

भारतको बिहार प्रदेश बेगुसराय जिल्ला बखडी पोष्ट खाडिया ग्राम बेला बस्ने वर्ष २० का सनी सोनीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–२, कृष्णनगर एरियामा सुन, चाँदी तथा पित्तलका गरगहना सफा गर्ने भन्दै स्थानीय सर्वसाधारणलाई झुक्याई ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती व्यक्तिले कृष्णनगर बजार क्षेत्रमा सुन तथा चाँदीका गरगहना सफा गरिदिने भन्दै गरगहना लिएर फरार हुने उद्देश्यले ठगी गरिरहेको अवस्थामा पुस ३ गते अपराह्न करिब ४ बजे नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका सनी सोनीलाई थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

सम्बन्धित् समाचार