गृहपृष्ठ Featured लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा सुरु

लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा सुरु

दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता लुम्बिनी लायन्सले विजेता ट्रफी उत्सव यात्रा सुरु गरेको छ ।

विजेता टिम लुम्बिनी लायन्सले नेपालगन्जस्थीत बागेश्वरी मन्दिरमा पूजा अर्चना गरेर विजेता ट्रफी उत्सव यात्रा सुरु गरेको हो । त्यस क्रममा ट्रफीलाई मन्दिर परिक्रमा गराइएको थियो । त्यसपछि नगर परिक्रमा गराई बर्दियातर्फ लगिएको छ ।

बर्दियाबाट दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर विजेता ट्रफी उत्सव यात्रा समापन हुने बताइएको छ ।

सम्बन्धित् समाचार