गृहपृष्ठ Featured सुधन गुरुङले सार्वजनिक गरे गृहमन्त्री अर्यालको नम्बर

सुधन गुरुङले सार्वजनिक गरे गृहमन्त्री अर्यालको नम्बर

काठमाडौं ।

द काउन्सिल अफ जेनजीका संयोजक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको मोबाइल नम्बर सार्वजनिक गरेका छन् ।

गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेका व्यक्तिहरूका परिवारले ‘सोझै गृहमन्त्रीलाई सम्पर्क गर्नू’ भन्दै उनले नम्बर सार्वजनिक गरेका हुन् ।

आइतबार ९पुस ६० गुरुङले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धीरज जोशीको नम्बर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । सरकारसँग सम्झौता हुँदा पनि प्रहरीले जेनजी आन्दोलनमा सहभागीविरुद्ध मुद्दा चलाउने क्रम नरोकेको उनले बताएका छन् ।

भ्रष्टाचारी र हत्यारालाई कारबाहीको दायरामा ल्याउन सरकार पछि हटेको उनले उल्लेख गरेका छन् । तर, आन्दोलनमा सहभागी भएकै आधारमा जेनजी प्रदर्शनकारीलाई धमाधम पक्राउ गरिएको उनले आरोप लगाएका छन् ।

सम्बन्धित् समाचार