गृहपृष्ठ Featured कपिलवस्तुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वैखरी अनलाइन, बाणगंगा ।
तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको मायादेवी गाउँपालिका वाडा नम्बर १ बरोहियामा बुधबार राति दुई बजेतिर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

तौलिहबाट भैरहवस तर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ आइरहेको लु प्र ०१ । ००१ ख नम्बरको ट्रकले टक्कर दिँदा मोटरसाइकल चालक मायादेवी गाउँपालिका वडा नं ६ डुमराका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।

ओसामाको कपिलवस्तु अस्पतालमा उपचारका लागि ल्याउने क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ।

सम्बन्धित् समाचार