गृहपृष्ठ Featured पेसाले पाइलट रहेका केसी बने उज्यालो पार्टीका कपिलवस्तु संयोजक

पेसाले पाइलट रहेका केसी बने उज्यालो पार्टीका कपिलवस्तु संयोजक

उज्यालो नेपाल पार्टीको कपिलवस्तु जिल्ला भेलाले जोन केसीको नेतृत्वमा जिल्ला समिति चयन गरेको छ ।

११ सदस्यीय जिल्ला समितिमा केसीसहित, विनोद कुँवर, सङ्गीता बस्नेत, विन्दु भुसाल, जहिर खान, दिलशाद अली, अकमल खान, सरफराज खान, शर्मिला रावल, ईन्दु पाण्डे र थमन राना आबद्ध छन् ।

जिल्ला संयोजक चयन भएका केसीले पार्टी सङ्गठनको काम तीव्र  रूपमा अघि बढाउने बताए । उनले समितिलाई थप समावेशी बनाएर विस्तार गरिने जानकारी दिए । केसी आफैँ जेनजी उमेर समूहका हुन् ।  पेसाले पाइलट उनी योग्य युवाहरूले नेतृत्वमा अग्रसर हुनुपर्ने र जेनजी  आन्दोलनको भावनालाई सम्बोधन हुनेगरी सबै उमेर समूहलाई समेटेर अघि बढ्नुपर्ने बताउँछन् ।

कार्यक्रममा केन्द्रीय सदस्य सञ्जीव वल्लभ भट्टराईले नवगठित जिल्ला समितिलाई शुभकामनासहित जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी, संगठन विस्तार र चुनाव प्रचारप्रसारको तयारीमा लाग्न निर्देशन दिए ।

सम्बन्धित् समाचार