वैखरी अनलाइन, कपिलवस्तु ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले सामाजिक सञ्जालमार्फत वर्तमान चुनावी सरकारको कार्यशैलीबारे टिप्पणीसहित धारणा सार्वजनिक गर्नुभएको छ।
उहाँले करिब आधा वर्षको कार्यकाल तोकेर बनेको चुनावी सरकारले “खुत्रु–खुत्रु काम गरिरहेकै” उल्लेख गर्दै सरकार विस्तारको क्रमलाई पनि व्यङ्ग्यात्मक शैलीमा चित्रण गर्नुभएको छ।
मन्त्रीको सिफारिस तथा चर्चामा आएका केही नाम सपथमा नपुगे पनि पाँचौँ पटकको सरकार विस्तारमा परराष्ट्र मन्त्री पदमा नियुक्त हुनुभएका पूर्व जर्नेल बालानन्द शर्मालाई पन्थीले हार्दिक बधाई दिनुभएको छ।
सामाजिक सञ्जालमा लेखिएको उक्त पोस्टमा पन्थीले सरकारसँग अझै करिब दुई महिना समय बाँकी रहेकाले यही अवधिमा छैठौँ–सातौँसम्मको विस्तार समेत सम्भव रहेको टिप्पणी गर्नुभएको छ।
साथै, “हाम्रो पुरानो रोग लपक्क सर्दै छ” भन्दै सरकार विस्तारको शैलीप्रति अप्रत्यक्ष आलोचना पनि व्यक्त गर्नुभएको छ।









