वैखरी अनलाइन, कपिलवस्तु
कपिलवस्तुमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मायादेवी गाउँपालिका–४, बुलाकीचोक बस्ने ३६ वर्षीय अब्दुल कासिम मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा अब्दुल कासिम मुलाको साथबाट हेरोइनजस्तै देखिने सेतो, चिल्लो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त पदार्थको तौल ४३।७६ ग्राम ९चवालीस दशमलव छ्याहत्तर ग्राम रहेको छ।
साथै, अभियुक्तले प्रयोग गरेको मोटरसाइकल समेत रीतपूर्वक बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








