गृहपृष्ठ Featured खाडलमा जमेको पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

खाडलमा जमेको पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

झापाको झापा गाउँपालिका–२ सडकवारीमा पानीमा डुबेर आज एक बालकको मृत्यु भएको छ।

घरअगाडि बनेको खाल्डोको पानीमा खेल्ने क्रममा डुबेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो।

स्थानीय दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांस कँडेल आइतबार अपराह्न घरअगाडि पानी जमेको खाल्डोमा डुबेका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बालकलाई तत्काल बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।

सम्बन्धित् समाचार