राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, रास्वपा नेता बालेन साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच छलफल जारी छ । नक्सालमा बसिरहेको त्रिपक्षीय बैठकले समानुपातिकको बन्द सूची फाइनल गर्ने तयारी गरेको छ ।
उज्यालो नेपालका केन्द्रीय सदस्य सञ्जीव भट्टराईले दिएको जानकारीअनुसार तीन नेताबीच १५ मिनेटअघिदेखि वार्ता सुरु भएको हो । पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूचीको नाम बुझाए पनि त्यसलाई हेरफेर गर्ने ठाउँ राखिएको छ ।
यी तीन नेताबीच हिजो राति पनि अबेरसम्म वार्ता भएको थियो । तर, कुलमानपक्षका नेताहरूले भने रास्वपाले पार्टीको अतित्व कमजोर पार्न खोजेको भन्दै सहमति हुन नसकेको बताएका थिए ।
तर, आज पुनः छलफलमा बस्नुले अब सहमतिको मिलनविन्दु पहिल्याइसकिएको र सकेसम्म आजै सहमति हुने भट्टराईले जानकारी दिएका छन् ।
उनले करिब आधा घण्टाभित्र छलफल निष्कर्षमा पुग्ने दाबी गरे ।








