गृहपृष्ठ Featured उम्मेदवारको खर्च सीमा २५ देखि ३३ लाखसम्म, कहाँका उम्मेदवारले कति गर्न पाउँछन् खर्च?

उम्मेदवारको खर्च सीमा २५ देखि ३३ लाखसम्म, कहाँका उम्मेदवारले कति गर्न पाउँछन् खर्च?

निर्वाचन आयोगले उम्मेदवारको खर्च सीमा तोकेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले उम्मेदवारको खर्च सीमा तोकेको हो।

जसअनुसार विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्ष लड्ने उम्मेदवारले अधिकतम कति पैसा खर्च गर्न पाउँछन् भन्ने निर्धारण गरिएको छ।

आयोगले भौगोलिक क्षेत्रअनुसार खर्च सीमा निर्धारण गरेको छ।

काठमाडौंको १० मध्ये १,३,६,७ र ८ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रूपैयाँ खर्च गर्न पाउनेछन्।

त्यस्तै काठमाडौं-२, ४, ५, ९ र १० का उम्मेदवारले अधिकतम २७ लाख रूपैयाँ खर्च गर्न पाउनेछन्। भक्तपुर र ललितपुरका उम्मेदवारले पनि २७ लाख नै खर्च गर्न पाउनेछन्।

झापा १ र ४, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायतका जिल्लामा उठ्ने उम्मेदवारले २९ लाख खर्च गर्न सक्नेछन्।

झापा-२,३,५ का उम्मेदवारले भने अधिकतम ३१ लाख खर्च गर्न पाउनेछन्।

४१ लाख खर्च गर्न सक्नेमा इलाम, धनकुटा, मोरङ, सुनसरी, ओखलढुंगा, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, कास्की लगायत विभिन्न जिल्लाका छन्।

 

त्यस्तै ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङ, बर्दिया, सल्यान, डोल्पा, जाजरकोट, बझाङ, डोटी, बैतडीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले भने अधिकतम ३३ लाख खर्च गर्न पाउनेछन्।

आयोगले उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता सञ्चालन गरी सोही खाताबाट खर्च गर्नुपर्ने आयोगले जनाएको छ।

खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी सम्बन्धित व्यक्तिको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।

निर्वाचन सकिएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्नेछ।

कहाँका उम्मेदवारले कति पाउँछन् खर्च गर्न? 

सम्बन्धित् समाचार