काठमाडौँ ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कुलमान घिसिङलाई उपसभापति बनाउने रास्वपाको निर्णयप्रति प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन्–वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु—कति उचित हो ?
सोमबार मात्र रास्वपाले घिसिङलाई उपसभापति बनाउने गरी उनी संरक्षक रहेको उज्यालो पार्टी नेपालसँग एकता गर्ने सहमति गरेको थियो ।








