गृहपृष्ठ Featured कांग्रेसले बुझायो समानुपातिक उम्मेदवार सूची

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवार सूची

पाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सूची बुझाएको छ।

कांग्रेसले हिजै निर्वाचन आयोगमा निस्सा लिएर आज मात्रै उम्मेदवार सूची बुझाएको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेल लगायतले आज बिहान साढे ११ बजेतिर निर्वाचन आयोगमा ११० जना उम्मेदवार सूची बुझाएका छन्।

कांग्रेसले नयाँ अनुहारलाई प्राथमिकता दिएको जनाएको छ।

२०६४ देखि २०७९ सम्म अवसर पाएकाहरूलाई समानुपातिक उम्मेदवार नबनाउने कांग्रेसले निर्णय गरेको थियो।

१४ जना पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्रै समानुपातिक उम्मेदवार सूचीमा छन्। पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी पनि उम्मेदवार छन्। उनी नुवाकोटबाट समानुपातिकतर्फ नै सिफारिसमा परेका थिए।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार नयाँ अनुहारलाई प्राथमिकता दिइएको छ।

३५ वर्ष उमेरमुनिका १५ जना समानुपातिक उम्मेदवार रहेका छन्। नेविसंघ र तरूण दललगायतमा काम गरेकाहरूलाई पनि समानुपातिक उम्मेदवार बनाइएको छ।

सम्बन्धित् समाचार