गृहपृष्ठ Featured रास्वपाको समानुपातिक सूचीमा भाँडभैलो: धेरै भोट ल्याउने भन्दा नेताका वरिपरि बस्ने अगाडि

रास्वपाको समानुपातिक सूचीमा भाँडभैलो: धेरै भोट ल्याउने भन्दा नेताका वरिपरि बस्ने अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक प्रतिस्पर्धामा तल परेकाहरू समानुपातिक सूचीको उच्च स्थानमा रहेका छन् । योसँगै नेताका नजिक रहेकाहरूले शक्तिको दुरुपयोग गरेको आरोप लागेको छ ।

सहमहामन्त्री विपिनकुमार आचार्य खस आर्यतर्फ १ नम्बरमा छन् । जबकि, यही क्लस्टरमा सबैभन्दा बढी भोट ल्याउने रमेश प्रसाईं थिए । प्रसाईंले १८ हजार २२३ मत ल्याएर पहिलो बन्दा आचार्यले १२ हजार २४५ मत ल्याएर सातौँ स्थानमा थिए । पार्टीले निर्वाचन आयोगलाई बुझाएको सूचीमा आचार्य शीर्ष स्थानमा छन् ।

उनी सभापति रवि लामिछानेका विश्वास पात्र हुन् । उनी ग्यालेक्सी टीभी खोल्दादेखि पार्टी स्थापना गर्दासम्म रविसँगै छन् । आचार्य यसअघि समानुपातिकको आकांक्षी छनोट गर्दाका विधि बनाएर परीक्षा दिन आएका थिए । उनले आफैँलाई पहिलो नम्बरमा राखेका हुन् । आफूलाई पहिलो नम्बरमा राखेर उनैले सूचीको मस्यौदा गरेको रास्वपा स्रोतको दाबी छ ।

यही क्लस्टरमा दोस्रो नम्बरमा भोट ल्याउने प्रमोद न्यौपानेलाई सूचीको चौथो नम्बरमा राखिएको छ । त्यस्तै, जनजातिको २ नम्बरमा रहेका खुश्वु सरकार श्रेष्ठ प्राइमरी इलेक्सनमा निकै पछाडि रहेका थिए । ग्यालेक्सी टीभी स्थापनादेखि रविसँग जोडिएका उनी नेतासँगको निकट रहेकै कारण समानुपातिकको शीर्ष स्थानमा उक्लिन सफल भएका छन् ।

जनजातिको १७ नम्बरको सूचीमा छिन् सुम्निमा उदास । उनी भोटिङमा निकै पछाडि परेकी थिइन् । अन्य प्रक्रियामा पनि भर्चुल सहभागी भएकी थिइन् । तर, उपसभापति डा. स्वर्णीमा वाग्लेको जोडबलमा उनी सूचीमा अट्न सफल भइन् ।

सिर्जना श्रेष्ठले पनि पार्टी प्रवेशको दोस्रो दिन उम्मेदवारी दिएकी थिइन् । उनी  जनजातिको २० नम्बरमा अटेकी छन् । गायिका सत्यकला राई भोटिङमा जनजाति महिलामा पहिलोमा थिइन् । तर, सूचीमा १५ नम्बरमा परेकी छन् । भोटिङमा महिलातर्फ पहिलो भएको रञ्जु दर्शना सूचीमा निकै पछाडि धकेलिएकी छन् । जबकि, सभापति लामिछानेनिकट एवं सचिवालय सदस्य प्रतिभा रावल खस आर्यतर्फ महिलाको सूचीको पहिलो नम्बरमा अटाएकी छन् । उनी रवि लामिछानेसँगै ग्यालेक्सी टीभी स्थापना गर्दाकी सहकर्मी हुन् । उनी ‘सिधा कुरा जनता’सँगको प्रोड्युसर टिमको रिसर्च सदस्यसमेत हुन् ।

दलित र आदिवासीतर्फ धेरै भोट ल्याउनेलाई सूचीमा राखिएन

रास्वपाको प्राइमरी इलेक्सनमा धेरै भोट ल्याएका आदिवासी र दलित क्लस्टरका नेतालाई सूचीको पछाडि धकेलिएको छ । दलिततर्फ पहिलो नम्बरमा सूचीमा राखिएका डा. रुपक विश्वकर्मा घिमिरे आन्तरिक भोटिङमा सातौँ नम्बरमा थिए । जबकि, पहिलो नम्बरमा रहेका विजय जैरुले १३ हजार १४३ भोट ल्याउँदा विश्वकर्माले ११ हजार १५५ भोट मात्रै ल्याएका थिए । उपसभापति वाग्लेनिकट उनी नेतासँग नजिक रहेकै कारण क्लस्टरको पहिलो नम्बर सूचीमा पर्न सफल भएको असन्तुष्ट नेताहरूले जानकारी दिएका छन् । उनी जेन–जी आन्दोलनमा राज्यको सुविधा पाइसकेका व्यक्तिका आफन्तसमेत हुन् । तर, जैरुलाई भने सूचीमै राखिएन ।

यता, आदिवासीतर्फ भने डा. राम लाम समेटिएका छन् । उनी सम्बन्धले उपसभापति कुलमान घिसिङका भाञ्जा पर्छन् । जबकि, आन्तरिक चुनावमा उत्तमबहादुर गुरुङले १६ हजार १२ भोट ल्याएर शीर्ष स्थानमा आएका थिए । सूची बुझाउँदा उनको नाम पनि समावेश गरिएन ।

यस्तो छ सूची:

 

सम्बन्धित् समाचार