पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकको दाउन्नेमा तीन दिनदेखि यातायात सञ्चालन अनियमित भएको छ ।
लगातारको शीतलहरले बाटो चिप्लो हुँदा उकालोमा सवारीसाधन उक्लन नसक्दा लामोलाइन लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
यो क्रम विगत तीन दिनदेखि यस्तै रहेको र घाम लागेपछि सवारीसाधन चल्ने गरेको छ ।








