राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत डा निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य कमजोर बन्दै गएकाले उनीहरूको जीवन रक्षा गर्न आग्रह गरेको छ।
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत माग राखी विगत १० दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसेका डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह गरिएको छ।








