गृहपृष्ठ Featured हेलिकप्टर चढेर वनभोज गएपछि चर्चामा बागमतीका मुख्यमन्त्री बानियाँ

हेलिकप्टर चढेर वनभोज गएपछि चर्चामा बागमतीका मुख्यमन्त्री बानियाँ

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिया हेलिकप्टर चढेर वनभोज खान गएपछि चर्चामा आएका छन्।

मधेश शीतलहरले कष्टकर बनिरहेको वेला वनभोज खान हेलिकप्टर प्रयोग गरेको भन्दै चर्को आलोचना भइरहेको छ।

कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोजमा उनी हेलिकप्टरमा पुग्दा स्थानीय बासिन्दालाई रमिता भयो।

ग्रेगोरियन पात्रोको नयाँ वर्षका अवसरमा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा १४ सर्रे अम्बासमा उक्त वनभोज आयोजना गरिएको थियो। मधेश प्रदेशको सिरहामा बमगमतीका मुख्यमन्त्री बानियाँ दिउसो करिब ३ बजे वनभोजस्थल पुगेका थिए।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव पनि वनभोजमा सहभागी भए। मुख्यमन्त्री आउने भनिएपछि करिब दुई दर्जन सुरक्षाकर्मी वनभोजस्थलमा खटिएको प्रत्यक्षदर्शीले बताएका छन्।

मुख्यमन्त्रीको हेलिकप्टर आउँदा पिकनिकमा सहभागी स्थानीय बासिन्दा निकै रमाएका थिए। हेलिकप्टर हेर्न तँछाडमछाड भएको थियो।

सम्बन्धित् समाचार