गृहपृष्ठ Featured टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा

टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा

१८ पुस, काठमाडौं ।

दक्षिण अफ्रिकाले आगामी आईसीसी पुरुष टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ। टिमको कप्तानी एइडेन मार्करमले गर्नेछन्।

हालै अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका क्विन्टन डिकक र चोटपछि फर्किएका एनरिच नोर्त्जे पनि टोलीमा समावेश छन्।

विश्वकपमा दक्षिण अफ्रिका समूह डी मा रहेको छ, जहाँ अफगानिस्तान, न्यूजिल्याण्ड, क्यानडा र युएईसँग प्रतिस्पर्धा हुनेछ।

पुरुष टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले अहिलेसम्म उपाधि जित्न सकेको छैन । अघिल्लो संस्करणको फाइनलमा भारतसँग जितको नजिक पुगेर हार भोगेको थियो।

दक्षिण अफ्रिका टोली: एइडेन मार्करम (कप्तान), क्विन्टन डिकक, टोनी डे जोरजी, डेवाल्ड ब्रेभिस, डेभिड मिलर, डोनोभान फेरेरा, मार्को यान्सेन, केशव महाराज, कागिसो रबाडा, क्वेना माफाका, लुंगी एङ्गिडी, जेसन स्मिथ, जर्ज लिन्दे, कोर्बिन बोश र एनरिच नोर्त्जे।

सम्बन्धित् समाचार