नेकपा एमालेबाट कपिलवस्तु क्षेत्र नं १ मा यसअघि निर्वाचन जितेका बलाराम अधिकारीलाई रोकेर विश्राम चौधरीलाई अगाडि सारिएको छ ।
संविधान सभा सदस्य जितेका अधिकारी ०७९ मा तत्कालीन ५ दलीय गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रीय सचिव बलदेव खनाललाई पराजित गरेर चर्चामा आएका थिए । जेनजी आन्दोलनको समयमा भूमिसुधार मन्त्री रहेका उनलाई अहिले सो क्षेत्रमा नदोहोराउन क्षेत्रीय कमिटीका अधिकांश सदस्यहरूले अब अरूलाई पालो दिनुपर्ने सुझाएका थिए ।
विश्राम चौधरी यसअघि संविधान सभाको सदस्य भइसकेका हुन् भने अहिले एमालेको प्रदेश कमिटी सदस्य रहेका छन् ।
क्षेत्र नं २ र ३ मा भने कुनै टुङ्गो लागेको छैन । २ मा यसअघि एमाले प्रवेश गरेर निर्वाचन लडेका बृजेश गुप्ता अहिले सक्रिय छैनन् । केन्द्रीय कमिटी सदस्य भएपनि उनी महाधिवेशनमै गएनन् तर अहिलेसम्म पार्टी छाडेका छैनन् ।
एमालेले छिट्टै तीनै क्षेत्रका उम्मेदकारको टुङ्गो लगाउने एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल बताउँछन् ।
एमाले नेताहरूका अनुसार १ नं क्षेत्रमा नपाएपछि नेता बलराम अधिकारी ३ नम्बर क्षेत्रमा जान इच्छुक भएपनि त्यहाँ नेत्र अधिकारीसहितका नेताहरूले तयारी गरेका छन् ।








