२० पुस, गुल्मी ।
गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको चार दिन नियमित हवाई उडान सञ्चालन हुँदै आएको छ । नेपाल एअरलाइन्सको जहाजमार्फत आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भइरहेका छन् ।
रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार पछिल्लो समय अधिकांश उडान तालिकाअनुसार सञ्चालन भइरहेका छन् । लामो समयसम्म उडान अनियमित हुँदा समस्या भोग्दै आएका जिल्लावासीका लागि अहिलेको नियमितताले हवाई यात्रामा उल्लेखनीय सहजता ल्याएको छ ।








