गृहपृष्ठ Featured कपिलवस्तुको मायादेवीमा स्कुल बस पल्टिँदा ७ विद्यार्थी घाइते

कपिलवस्तुको मायादेवीमा स्कुल बस पल्टिँदा ७ विद्यार्थी घाइते

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–३ बर्सौलीस्थित फुलिका–बर्सौली भित्री सडकखण्डमा स्कुल बस पल्टिँदा ७ जना विद्यार्थी घाइते भएका छन्।

आज सोमबार विहान करिब ९ बजे फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको विद्यार्थी बोकेको सनलाइट इङ्लिस बोर्डिङ स्कुलको बस अचानक अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा १२ वर्षीय प्रान्सु पाल, १४ वर्षीया अनिता बराई, ११ वर्षीय विशेष थारु, ८ वर्षीय अमन यादव, ८ वर्षीय सुदीप यादव, १० वर्षीया आईसा भट्टराई र १४ वर्षीया गुन्जा कहार रहेका छन्। गुन्जा कहारको टाउकोमा भित्री चोट लागेको भए पनि सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

घाइते विद्यार्थीहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार