गृहपृष्ठ Featured कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्‍यो : दिउँसो १ बजे बस्ने

कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्‍यो : दिउँसो १ बजे बस्ने

काठमाडौँ- नेपाली कांग्रेसको आजका लागि तय गरिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय परिवर्तन भएको छ ।

यसअघि बिहान ११:०० बजे बस्ने भनिएको उक्त महत्त्वपूर्ण बैठक अब २ घण्टा ढिलो गरी दिउँसो १:०० बजे मात्र सुरु हुने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको बी.पी. नगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक विशेष कारणवश केही समय पछाडि सारिएको हो ।

आजको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन, अन्य राजनीतिक दलहरूसँगको चुनावी तालमेल र पार्टीको १५औँ महाधिवेशनको तयारीका विषयमा गहन छलफल हुने कार्यतालिका रहेको छ ।

सम्बन्धित् समाचार