काठमाडौँ –विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ कार्यसमिति अध्यावधिक गराउन पदाधिकारीहरू निर्वाचन आयोग पुगेका छन्।
ललितपुरको कुपण्डोलमा बसेको कार्यसमितिको बैठकको निर्णयपछि नयाँ कार्यसमिति अध्यावधिक गराउन सभापति गगन थापालगायतका पदाधिकारी निर्वाचन आयोग पुगेका हुन्।
कार्यसमितिको बैठकले शेरबादुर देउवाको हस्ताक्षर अध्यावधिक गर्ने, नयाँ कार्यसमितिको बारेमा जानकारी गराउने लगायत निर्णय गरेको थियो।









