४ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् ।
शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट दिएको थियो । तर चर्को विरोध भएपछि पार्टीको निर्णय सच्चिएको छ । ‘पार्टीले बिष्णुप्रसाद पौडेललाई रुपन्देही–२ कै उम्मेदवार बनाएको छ,’ लुम्बिनी इन्चार्ज रहेकी सचिव पद्या अर्यालले भनिन् ।
विष्णु पौडेल रुपन्देहीबाटै उम्मेदवार बन्ने भएपछि पाल्पा–२, को उम्मेदवारबारे अर्को निर्णय गर्नुपर्ने भउको छ । ‘कसलाई उम्मेदवार बनाउने भन्ने छलफल चलिरहेको छ, टुंगिएको छैन,’ अर्यालले भनिन् ।









