गृहपृष्ठ Featured भारतविरुद्धको एकदिवसीय सिरिज न्युजिल्यान्डले जित्यो

भारतविरुद्धको एकदिवसीय सिरिज न्युजिल्यान्डले जित्यो

न्युजिल्यान्डले एतिहासिक रुपमा भारतीय भूमिमा पहिलो पटक भारतलाइ २-१ ले हराएर सिरिज जितेको छ। तीन खेलको एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा न्युजिल्यान्डले ४१ रनले भारतलाइ हराएर उपाधि जितेको हो।

भारतका लागि कप्तान विराट कोहलीले तेस्रो नम्बरमा सर्वाधिक रनको कीर्तिमान बनाउँदा उनी न्युजिल्यान्ड विरुद्ध सर्वाधिक शतक हान्ने खेलाडी बनेपनि टिमलाई सिरिज दिलाउन भने सकेनन्।

न्युजिल्यान्डले दिएको ३ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ४६ ओभरमा २ सय ९६ रनमा समेटियो। भारतका लागि विराट कोहलीले १ सय २४ रन बनाए। उनी बाहेक नितिश रेड्डी र हर्षीत रानाले क्रमश ५३ र ५२ रनको अर्धशतकीय इनिङ खेलेपनि टिमको हार टार्न पर्याप्त रहेन्। न्युजिल्यान्डका लागि ज्या फोउलकी र कृष्टिन क्लार्कले ३-३ विकेट लिए। त्यस्ते ज्यादन लेनोक्सले २ र क्याली जेमिसनले १ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले खराब सुरुवातका बाबजुत मध्य क्रमले उत्कृष्ट प्रदर्शन गर्दा निर्धारित ५० ओभरमा ३ यस ३७ रन बनाएको थियो।

उसका लागि ड्यारिल मिचेलले १ सय ३७ रन बनाउँदा ग्लेन फ्लिप्सले १ सय ६ रन बनाउँदै शतकीय इनिङ खेले। भारतका लागि अर्सदीप सिंह र हर्षीत रानाले ३-३ विकेट लिएका थिए।

सम्बन्धित् समाचार