राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन साहले मधेशी नेतालाई प्रधानमन्त्री बनाउने अवसर आएको बताएका छन् । सोमबार जनकपुरमा चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेशलाई प्रधानमन्त्री बनाउने अवसर आएको बताएका हुन् ।
‘मधेशको छोरा प्रधानमन्त्री बन्ने अवसर आएको छ । यसका लागि घण्टीमा भोट हाल्नुस्,’ बालेनले भने, ‘सही व्यक्ति सही सरकार बनाउने समय आएको छ ।’
बालेन झापा– ५ बाट प्रतिनिधिसभा निर्वाचनमा उठ्दै छन् । उनले जनकपुर प्रदेशको राजधानी भए पनि एउटा प्रमुख प्रशासकीय फेर्न काठमाडौं जाने परिपाटी अन्त्य गरे मात्रै सही संघीयता हुने बताए । काठमाडौं अधिकार माग्न होइन, पशुपति मन्दिर दर्शन गर्न मात्रै जानुपर्ने उनको उनको भनाइ छ ।
चार वर्ष काम गर्दागर्दै आफूले भाषण गर्न नपाएको समेत उनले बताए ।








