राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही क्षेत्र नम्बर २ मा दुई जनालाई टिकट दिएको छ ।
रास्वपाले सुलभ खरेल र आशिष सुवेदीलाई उम्मेदवारको टिकट दिएको हो ।
बालेन शाह पक्षका आशिष सुवेदीलाई पहिले नै टिकट दिइएको थियो । तर अबेर राति फेरि सुलभ खरेललाई पनि टिकट प्रदान गरिएको स्रोतले बतायो । एउटा निर्वाचन क्षेत्रमा दुई जनालाई टिकट दिइएपछि रास्वपामा विवाद भएको छ ।








