गृहपृष्ठ Featured कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी : परेन कुनै उजुरी

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी : परेन कुनै उजुरी

कपिलवस्तु ।

कपिलवस्तुमा मंगलबार उम्मेदवारी दर्ता गरेका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन । उम्मेदवारविरुद्ध उजुरी दिने समयसीमा बुधबार दिउँसो ३ बजेसम्म तोकिएको भए पनि सो अवधिभित्र कुनै उजुरी नआएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अनन्तराज मरासिनीका अनुसार जिल्लाका कुनै पनि उम्मेदवारविरुद्ध औपचारिक उजुरी दर्ता भएको छैन ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तु जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट कुल ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट दलका १९ जना र १५ जना स्वतन्त्र गरी कुल ३४ जनाले मनोनयन दर्ता गरेका छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट दलका १७ जना र ११ जना स्वतन्त्र गरी २८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ बाट दलका १३ जना र २३ जना स्वतन्त्र गरी कुल ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार अब उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध र अन्तिम नामावली सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित् समाचार