गृहपृष्ठ Featured विश्वकप ग्लोबल छनोट: नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड

विश्वकप ग्लोबल छनोट: नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड

काठमाडौँमा जारी आईसीसी महिला क्रिकेट विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) को खेलमा घरेलु टोली नेपालविरुद्ध नेदरल्यान्डले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाली महिला टोलीले पहिले फिल्डिङ गर्ने भएको हो।

समूह चरणको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित नेपाल दोस्रो खेलमा पहिलो जित हासिल गर्ने दाउमा छ।

आजको खेल पनि हारे नेपाललाई सुपर सिक्समा पुग्न कठिन हुनेछ। त्यसैले नेपाली टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ।

उता समूह चरणमा दुई खेल जितेको नेदरल्यान्डस लगातार तेस्रो जित हासिल गर्दै सुपर सिक्समा स्थान पक्का गर्न चाहन्छ।

नेदरल्यान्डसले समूह चरणको खेलमा जिम्बाबे र स्कटल्यान्डलाई हराएको थियो।

नेपाली टोलीले आजको खेलमा थाइल्यान्डविरुद्धको टोलीलाई नै निरन्तरता दिएको छ।

नेपालको प्लेइङ- ११ 

विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, पूजा महतो, इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा र सुमन विष्ट

सम्बन्धित् समाचार