गृहपृष्ठ Featured म्याग्दीमा महावीर पुनलाई सघाउने उज्यालो नेपालको निर्णय

म्याग्दीमा महावीर पुनलाई सघाउने उज्यालो नेपालको निर्णय

काठमाडौँ ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई उज्यालो नेपाल पार्टीले सघाउने भएको छ ।

उज्यालो नेपालका महासचिव धर्म चौधरीले आफ्नो पार्टीको समर्थन पुनलाई गर्ने निर्णय भएको जानकारी दिए ।

उज्यालोले सो क्षेत्रमा कुनै पनि उम्मेदवारी दिएको थिएन । सोही कारण कुनै उम्मेदवारी फिर्ता गर्नु पर्ने अवस्था भने छैन । चौधरीले आफ्नो दलप्रति आस्था भएका र उज्यालो नेपालमा आबद्ध भएका व्यक्तिलाई पुनले पाउने चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई शुक्रबार चुनाव चिन्ह दिँदै छ ।

सम्बन्धित् समाचार