नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय समितिको निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्ने बताएका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित भएपछि सभापति गगन थापाको पदभार र केन्द्रीय समितिको बैठकमा सानेपा पुग्दै उनले यस्तो बताएका हुन् ।
‘नीति र नेतृत्व परिवर्तन गरेर निर्वाचनमा जाने सबै विषयलाई कार्यान्वयन गर्न कार्यालय प्रवेश गरेका हौँ । नननिर्वाचित सभापतिको पदभार ग्रहण हुँदै छ । केन्द्रीय समितिले गर्ने निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्नेछ । कांग्रेसप्रति मत आकर्षण गर्न सहयोग पुग्नेछ,’ पौडेलले भने ।
‘विधिवत कांग्रेसको नीति, नेतृत्वपछि देशको नेतृत्व फेर्नेबारे नयाँ संकल्प गर्छाैं । कांग्रेसको नेतृत्वले देशलाई नयाँ बनाउनको लागि फागुन २१ मा हुने निर्वाचनमार्फत देशको प्रधानमन्त्रीको प्रस्ताव गर्ने कार्यक्रम केन्द्रीय समितिमा राखेर छलफलबाट आज घोषणा गर्छाैं ।’
विधिवत रूपमा नागरिकलाई देशको प्रधानमन्त्री बनाउने भनेर छनोट गर्ने अवसर प्रदान गर्न खोज्नु लोकतान्त्रिक प्रणाली भएको उनले बताए ।








