काठमाण्डाै – नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको ‘नेपा: एप’ सार्वजनिक भएको छ ।
डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेशनहरूमध्ये आकर्षक डिजाइन, प्रयोगकर्तामैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपा: एप विशेष बनेको छ । स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदेशमा रहेका नेपालीका लागि यो एप उपयोगी रहने विज्ञहरूकाे विश्वास छ ।
नेपा: एपमा सजिलो नेपाली पात्रो (पञ्चाङ्गसहित) उपलब्ध छ । साथै विश्वसनीय स्रोतबाट ताजा समाचार, आफूलाई मनपर्ने विषयअनुसार समाचार पढ्ने सुविधा, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेशनका आधारमा नजिकका घटनाक्रम तुरुन्तै प्राप्त गर्न सकिन्छ ।
यस एपमार्फत देशभरका नेपाली एफएम रेडियो सुन्न सकिने व्यवस्था छ । मनोरञ्जन र जानकारीका लागि नेपाली भिडियो तथा रिल्स पनि समावेश गरिएको छ जसले प्रयोगकर्तालाई एउटै प्लेटफर्ममा समाचार, सूचना र मनोरञ्जनको अनुभव दिन्छ ।
डिजिटल युगमा नेपाली भाषामा भरपर्दो सामग्री खोज्ने प्रयोगकर्ताका लागि नेपा: एप एक प्रभावकारी समाधानका रूपमा आएको विज्ञहरूकाे भनाइ छ ।








