गृहपृष्ठ Featured राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा आधा घण्टा नपुग्दै खस्यो ७६ मत

राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा आधा घण्टा नपुग्दै खस्यो ७६ मत

जारी राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ७६ मत खसिसकेको छ। निर्वाचन कार्यालयका अनुसार बिहान ९:२५ सम्म प्रदेशसभा सदस्यतर्फ २६ र स्थानीय तहतर्फ ५० मत खसिसकेकाे हो।

लुम्बिनी प्रदेशमा प्रदेश सभा र स्थानीय तह गरी कुल ८ हजार ५४१ मतभार छ। यस प्रदेशबाट ३ जना राष्ट्रिय सभा सदस्य चुनिँदै छन्।

लुम्बिनी प्रदेशमा प्रदेश सभा र स्थानीय तह गरी कुल ८ हजार ५४१ मतभार छ।

लुम्बिनी प्रदेशसभामा ८७ सदस्य रहेकामा ४ जना राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिएका छन्।

यस्तै लुम्बिनीमा रहेका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना मतदाता छन्। जसको मतभार ४१४२ हुन्छ।

निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान जारी छ।

आउने फागुनमा राष्ट्रियसभाका १९ सदस्यको पदावधि सकिँदै छ। तीमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।

बाँकी १८ सदस्यमा पनि एक जना (कोसी प्रदेशमा खस आर्यतर्फ सुनिलबहादुर थापा) निर्विरोध निर्वाचित भइसकेकाले आज १७ सदस्यका लागि निर्वाचन भइरहेको हो।

सम्बन्धित् समाचार