किरणमान बज्राचार्य,
वैखरी अनलाइन कपिलवस्तु ।
कपिलवस्तुको दोश्रो ठुलो भन्सार सुठौलीले आर्थिक बर्ष २०८२÷०८३ को साउन देखि पुस महिना सम्म ६७ क करोड ८७ लाख ७३ हजार राजस्व संकलन गरेको छ । सूठौलीले ६ महिनामा बार्षिक लक्ष्यको ६१ दशमलव ४१ प्रतिशत राजस्व संकलन गरेको हो ।
चालु आर्थिक बर्षकालागि भन्सारमा १ अर्ब १० करोड ५२ लाख बार्षिक लक्ष्य तोकिएको भन्सार प्रमखु किरण बिष्ठले बताए । साउन र भदौ महिना बाहेक सबैजसो महिनामा लक्ष्य भन्दा बढी नै राजस्व संकलन भएको उनले बताए । पुस महिनामा ९ करोड ४७ लाख तोकिएकोमा १२ करोड ८२ लाख उठेको छ । मंसिरमा ९ करोड ३१ लाख तोकिएकोमा १२ करोड ६८ लाख, कार्तिकमा ९ करोड २७ लाखमा ९ करोड ४५ लाख उठेको छ ।
असोजमा ९ करोड १७ लाखमा १४ करोड ६१ लाख, भदौमा ९ करोड ५३ लाख मध्ये ९ करोड ४१ लाख र साउनमा ९ करोड ११ लाखमा ८ करोड ८८ लाख राजस्व उठेको छ । सबै भन्दा बढी सिमेन्टको कच्चा पदार्थ खरानी, कोईला, खाद्यान्न लगायतमा बढी राजस्व उठेको बिष्ठले बताए । उनले अन्य भन्सार भन्दा यो भन्सार सानो भएकाले पनि कम राजस्व उठेको उनले बताए ।








