गृहपृष्ठ Featured घोराही लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा

घोराही लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासका काम हुँदै भएनन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस अवधिमा भएका कामको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्ने बताएका छन।

घोराही उपमहानगरपालिकाको ४८ औं नगर स्थापना दिवस तथा ‘लैङ्गिक हिंसा नियन्त्रित नगर’ घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मानवीय, सामाजिक तथा भौतिक विकासका क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको बताएका हुन। `जनताको जीवनस्तर उकास्न धेरै काम भएका छन्। यो सबै साझा प्रयत्न र कुशल नेतृत्वको परिणाम हो,´मुख्यमन्त्री आचार्यले भने।

घोराहीले मानव विकास सूचकका आधारमा बालमैत्री र साक्षर नगरको घोषणा गरिसकेको उल्लेख गर्दै उनले संघीय र प्रदेश सरकारले तोकेका सूचक पूरा गरेर लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा हुनु सिंगो देश र प्रदेशकै लागि नमुनायोग्य काम भएको बताए।`अब कुनै पनि घरपरिवारमा लैङ्गिक हिंसा नहुने, गर्न नदिने प्रतिबद्धता सबैले जनाइसक्नुभएको छ,´उनले भने।

समारोहमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा सम्बन्धी कार्यविधि २०८१ अनुसार ३२ वटा सूचक पूरा गरी घोषणा गरिएको जानकारी दिए। पछिल्लो एक वर्षमा घोराहीमा जम्मा २२ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएको र जनसंख्याको आधारमा यो संख्या ०.०१ प्रतिशत मात्र रहेको हाे।

सम्बन्धित् समाचार