५ फागुन, काठमाडौं ।
पाकिस्तानको खैबर पख्तुनख्वाहमा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमण हुँदा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा केही सैनिक घाइते भएका छन् ।
बीबीसी उर्दुका अनुसार सैन्य चौकी रहेको भवनमा विस्फोटक पदार्थले बोकेको एक गाडी विष्फोट भएको थियो । उक्त भवन पहिले मदरसा थियो । पछि सुरक्षा चौकी बनाइएको थियो ।








