गृहपृष्ठ Featured क्यानडाविरुद्ध अफगानिस्तानको सहज जित

क्यानडाविरुद्ध अफगानिस्तानको सहज जित

अफगानिस्तानले आईसीसी पुरुष टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा क्यानडाविरुद्ध ८२ रनको सहज जित दर्ता गरेको छ ।

बिहीबार चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा अफगानिस्तानले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याएको क्यानडाले २० ओभर नै ब्याटिङ गरे पनि ११८ रन मात्रै बनाउन सक्यो ।

क्यानडाका लागि हर्ष थकरले ३०, साद बिन जफरले २८, युवराज सम्राले १७ र कप्तान दिलप्रित बाजवाले १३ रन बनाए ।

अफगानिस्तानका लागि मोहम्मद नबीले ४, राशिद खानले २ तथा मुजिब उर रहमान र मज्मतुुल्लाह ओमरजाईले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०० रनको योगफल तयार पारेको थियो ।

सम्बन्धित् समाचार