गृहपृष्ठ Featured भारतमा एयर एम्बुलेन्स दुर्घटना : ७ जनाको मृत्यु

भारतमा एयर एम्बुलेन्स दुर्घटना : ७ जनाको मृत्यु

भारतको झारखंडबाट दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स (एउटा चार्टर्ड विमान) चतरा जिल्लामा दुर्घटनाग्रस्त हुँदा उक्त विमानमा सवार सबैको मृत्यु भएको छ।

विमानमा विरामी सहित ७ जना सवार रहेको जनाइएको छ। रेडबर्ड कम्पनीको बीचक्राफ्ट किङ एयर बी ९० एल मोडलको उक्त विमान एयर एम्बुलेन्सका रूपमा सञ्चालन हुँदै आएको थियो।

सोमबार साँझ ७ बजेर ११ मिनेटमा राँचीबाट उडान भरेको विमानसँग ७ बजेर ३४ मिनेटमा सम्पर्क टुटेको थियो। केही समयपछि झारखंडको चतरा जिल्लास्थित समरिया क्षेत्रको जंगलमा विमान खसेको पुष्टि भएको भारतीइ सञ्चार माध्यामले जनाएका छन्।

विमानमा क्याप्टेन विवेक विकास भगत (पाइलट), क्याप्टेन सबराजदीप सिंह (सह–पाइलट), संजय कुमार (बिरामी), अर्चना देवी (आफन्त), धूरू कुमार (आफन्त), विकास कुमार गुप्ता (डाक्टर) र सचिन कुमार मिश्रा (प्यारामेडिकल कर्मचारी) सवार रहेको जनाइएको छ। उपचारका लागि दिल्ली लैजाँदै गरिएको थियो बिरामी राँचीस्थित देवकमल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनन्त सिन्हाले पीटीआईलाई जानकारी दिँदै एयर एम्बुलेन्सको व्यवस्था बिरामी पक्षले नै गरेको बताए।

उनका अनुसार लातेहार जिल्लाको चन्दवा निवासी ४१ वर्षीय संजय कुमारलाई १६ फेब्रुअरीमा करिब ६५ प्रतिशत जलेको अवस्थामा अस्पताल भर्ना गरिएको थियो र उपचार भइरहेको थियो। सिन्हाका अनुसार परिवारले थप राम्रो उपचारका लागि उनलाई दिल्ली लैजाने निर्णय गरेको थियो।

दिउँसो करिब ४:३० बजे अस्पतालबाट बिरामीलाई दिल्ली पठाइएको थियो। तर साँझ भएको विमान दुर्घटनामा बिरामीसहित साथमा रहेका सबैको मृत्यु भयो। उडानपछि मार्ग परिवर्तनको अनुमति मागिएको थियो भारतको नागरिक उड्डयन महानिर्देशनालय (डिजीसीए) ले विमानले साँझ ७:१० बजे राँचीबाट उडान भरेको जनाएको छ।

७:३० बजे खराब मौसमका कारण मार्ग परिवर्तन (डाइभर्जन) गर्न अनुमति मागिएको थियो। त्यसको केहीबेरमै कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क र रडार सिग्नल दुवै टुटेको बताइएको छ। त्यसको केहीक्षणमै विमान दुर्घटनाग्रस्त भएको पुष्टि भयो।

सम्बन्धित् समाचार