गृहपृष्ठ Featured ‘निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उमेदवारको सहभागिता बढाउन सकिँदैन’

‘निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उमेदवारको सहभागिता बढाउन सकिँदैन’

राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उमेदवारहरूको सहभागिता बढाउन सकिने अवस्था नरहेको बताएकी छन् ।

बुधबार आफ्नै कार्यकक्ष सिंहदरबारमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले विद्यमान प्रणालीका कारण निर्वाचनमा महिलाहरूको उमेदवारीमा कमी हुन गएको प्रष्ट्याएकी छन् ।

उनले विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि प्रत्यक्षतर्फ महिला उमेदवारको संख्या बढाउने अवस्था नआएको तर्क गरिन् । उपाध्यक्ष घिमिरेले प्रत्यक्षतर्फको निर्वाचनमा लड्नका लागि पार्टीले आफूलाई भनेको भए पनि खर्च धेरै हुने भएकाले आफूले उमेदवारी दिने आँट गर्न नसकेको उल्लेख गरिन् ।

उनले प्रत्यक्षतर्फ भन्दा समानुपातिक तर्फका सांसदहरूलाई कमजोर ठान्ने सोच नै गलत भएको उल्लेख गरिन् । देशभरका मतदाताहरूले समानुपातिक सांसदहरूलाई निर्वाचित गराउने भएकाले उनीहरूलाई प्रत्यक्षतर्फको सांसदभन्दा कमजोर ठान्न नमिल्ने उपाध्यक्ष घिमिरेको भनाइ थियो ।

उपाध्यक्ष घिमिरेले एकपटक समानुपातिकतर्फबाट सांसद भइसकेकाहरूलाई फेरि सोहीतर्फको उमेदवारी बनाउने काम गर्न नहुने धारणा समेत राखिन् । न्युज एजेन्सी नेपाल

सम्बन्धित् समाचार