गृहपृष्ठ खबर अबुधाबीमा ड्रोन अवरोध गर्दा नेपालीसहित ६ जना घाइते

अबुधाबीमा ड्रोन अवरोध गर्दा नेपालीसहित ६ जना घाइते

काठमाडौँ — संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित औद्योगिक क्षेत्र इन्डस्ट्रियल सिटी अफ अबुधाबी क्षेत्र(आइकाड)मा ड्रोन अवरोध गर्दा खसेका टुक्रा लागेर नेपाली र पाकिस्तानीसहित ६ जना घाइते भएका छन्।

अबुधाबीका अधिकारीहरूका अनुसार बिहीबार दिउँसो हवाई प्रतिरक्षा प्रणालीले एक ड्रोनलाई अवरोध गरेको थियो। ड्रोन अवरोध गरिएपछि त्यसका टुक्रा आइकाड-२ क्षेत्रको दुई स्थानमा खस्दा ६ जना घाइते भएको खालिज टाइम्सले जनाइएको छ।

घाइतेहरूको उपचार भइरहेको बताए पनि घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन। सुरक्षा निकायहरूले अवस्था नियन्त्रणमा रहेको र सम्बन्धित निकायहरूले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन्।

सम्बन्धित् समाचार