गृहपृष्ठ Featured इरानका नयाँ सर्वोच्च नेतासहित मुख्य नेताबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार: अमेरिका

इरानका नयाँ सर्वोच्च नेतासहित मुख्य नेताबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार: अमेरिका

अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा गरेको छ।

 

 

जसमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी पनि छन्।

अली लारिजानीलाई यसअघि इरानमा सरकार समर्थक र्‍यालीमा देखिएको थियो।

अमेरिकाको दाबीअनुसार उनीहरूले आईआरजीसीका सैन्य एकाइका विभिन्न भागको नेतृत्व र सञ्चालन गर्छन्।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा गरेको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा यही मार्च ९ देखि नयाँ सर्वोच्च नेता बनेका हुन्।

सम्बन्धित् समाचार