गृहपृष्ठ खबर विश्व पुस्तक दिवसमा कपिलवस्तु जेसिजद्वारा प्रहरीलाई प्रेरणादायी पुस्तक उपहार

विश्व पुस्तक दिवसमा कपिलवस्तु जेसिजद्वारा प्रहरीलाई प्रेरणादायी पुस्तक उपहार

वैखरी अनलाईन, बाणगंगा ।

विश्व पुस्तक दिवसको अवसर पारेर कपिलवस्तु जेसिजले इलाका प्रहरी कार्यालय पिपरालाई पुस्तक प्रदान गरेको छ ।

विहीबार आयोजित एक विशेष कार्यक्रमका बीच कपिलवस्तु जेसिजका अध्यक्ष मिन थापाले इलाका प्रहरी कार्यालय पिपराका प्रमुख अर्जुन पौडेललाई विभिन्न सचेतनामूलक तथा प्रेरणादायी पुस्तकहरू हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष मिन थापाले समाजमा सकारात्मक सोच, ज्ञान र सचेतना फैलाउन पुस्तकको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। उहाँले युवाहरूलाई पुस्तक पढ्ने संस्कार विकास गर्न यस्ता कार्यक्रमले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। साथै, प्रहरीजस्तो जिम्मेवार निकायमा कार्यरत व्यक्तिहरूले पनि अध्ययनलाई निरन्तरता दिँदा सेवामा अझ प्रभावकारिता आउने धारणा राख्नुभयो।

त्यस्तै, पुस्तक ग्रहण गर्दै इलाका प्रहरी कार्यालय पिपराका प्रमुख अर्जुन पौडेलले कपिलवस्तु जेसिजप्रति आभार व्यक्त गर्दै प्राप्त पुस्तकहरूले प्रहरी कर्मचारीहरूलाई ज्ञान अभिवृद्धि गर्न तथा सेवामुखी भावना अझ सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो। साथै, यस्ता रचनात्मक सहकार्यले समुदाय र प्रहरीबीचको सम्बन्ध अझ मजबुत बनाउने उल्लेख गर्नुभयो।

कार्यक्रममा जेसिजका पदाधिकारी, प्रहरी कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सम्बन्धित् समाचार