गृहपृष्ठ खबर डेरवा स्थित सिद्धार्थ गौतम बुद्ध गुम्बा प्राविमा दुई कोठे भवनको उद्घाटन

डेरवा स्थित सिद्धार्थ गौतम बुद्ध गुम्बा प्राविमा दुई कोठे भवनको उद्घाटन

कपिलवस्तु १२ बैशाख
नेपाल चाइना फ्रेन्डसिप फोरमको सहयोगमा कपिलवस्तु नगरपालिका वार्ड नं ३ डेरवा स्थित सिद्धार्थ गौतम बुद्ध गुम्बा प्राविमा निर्माण गरिएको दोस्रो तलामा दुई कोठे भवनको उदघाटन गरिएको छ ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, फोरम कि अध्यक्ष झ्याउ मेलिङ वडा अध्यक्ष प्रकाश गैरे लगायतको टोलीले भवनको उद्घाटन गरेका हुन् । यस्तै विद्यालयमा रहेका १६० विद्यार्थीलाई स्कुल ब्याग समेत हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा मेयर पौडेलले फोरमको सयोगले ठुलो प्रेरणा मिलेको र बालबालिकाको उज्जवल भबिष्य निर्माणमा यो कार्य उत्कष्ठ रहेको बताए । उनले यस क्षेत्रका शिक्षक शिक्षिकालाई सिकाई र अध्ययन अवलोकनलागि समेत फोरमले पहल गर्न उनले आग्रह समेत गरे । सो अवसरमा फोरम कि अध्यक्ष झ्याउ मेलिङले चिन नेपालको असल मित्रका रुपमा सधै रहदै आएको बताईन ।

बालबालिकाको पढन पाउने अधिकारको सुनिश्चिताकालागि आफुहरुले यो सानो सहयोग गरेका बताईन । उनले यस्तो सहयोग निरन्तर जारी रहेको उनले प्रतिबद्धा समेत ब्यक्त गरिन । फोरमले विद्यालयमा फर्निचर शौचालय लगायतका निर्माणसमेत गरेको विद्यालयकी प्रधानाध्यापक शारदा आचार्यले जानकारी दिईन । सो अवसरमा जग्गादाता सुनिल ज्ञवालीलाई समेत सम्मानित गरिएको थियो । यस्तै बिद्यालयका शिक्षिकाहरुलाई समेत सम्मानित गरिएको थियो ।

सम्बन्धित् समाचार