नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षामा दलीयकरण भएको बताएका छन्।
जहाँ पनि आफ्नै मानिस चाहिने प्रवृत्तिका कारण शिक्षामा दलीयकरण भएको उनको भनाइ छ।
ग्रीन टेबल संवाद श्रृङ्खलाअन्तर्गत आज केन्द्रीय कार्यालय सानेपामा भएको ‘शैक्षिक उन्नयनका सामयिक उपायहरू’ कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘शिक्षामा दलीयकरण भयो। व्यवस्थापन समितिदेखि प्रधानाध्यापकसम्म हाम्रो मानिस चाहियो, हाम्रो मानिस भन्ने ठाउँबाट बाहिर निस्कनुपर्यो। शिक्षामा दलीयकरण सबैभन्दा ठूलो समस्या हो।’
शिक्षाले समुन्नत नेपालका लागि टेवा पुर्याउनुपर्ने पनि उनले बताए।







